शुक्रबार, १४ कार्तिक २०८२

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०८२ कार्तिक १४ गते ९:०८

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य लाभांश तथा साधारण सभा प्रयोजनका लागि समायोजन गरिएको हो।

नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र मुक्तिनाथ कृषिको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि गुराँस लघुवित्तको शेयरमूल्य रू. २,०२१.८८ तथा मुक्तिनाथ कृषिको रू. १,४५८.३३ कायम भएको छ।
अघिल्लो कारोबार दिन (बिहीबार) गुराँस लघुवित्तको अन्तिम मूल्य रू. २,३१० तथा मुक्तिनाथको रू. १,५७५ थियो। यही आधारमा नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो। समायोजित मूल्यका आधारमा आगामी आइतबारदेखि यी कम्पनीको कारोबार सुचारु हुनेछ।

कम्पनीले कात्तिक २३ गते (आइतबार) बिहान ९ बजे धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसबाहेक प्रबन्धपत्र तथा नियमावली संशोधन, संस्थापकतर्फका ४ सञ्चालक नियुक्ति, लेखापरीक्षक नियुक्तिलगायत प्रस्ताव पनि सभामा पेस हुनेछन्।

Advertisement

मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते (शुक्रबार) दिउँसो साढे ११ बजे काठमाडौँको गैरीधारास्थित सिल्भर वक ब्यान्क्वेटमा सातौँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण र त्यसपछिको चुक्ता पूँजीमा ६० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री