शुक्रबार, १४ कार्तिक २०८२

सुनको मूल्य बढ्यो

समयपोष्ट २०८२ कार्तिक १४ गते ११:०८

Advertisement

सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ ।

बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री