शुक्रबार, १४ कार्तिक २०८२

१८ खर्ब नाघ्यो राष्ट्र बैंकको विदेशी लगानी

समयपोष्ट २०८२ कार्तिक १४ गते ११:२०

Advertisement

नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब रुपैयाँ नाघेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो।

गत असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ मात्र थियो।

राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोत नै यही विदेशी लगानी हो। विदेशबाट आएको रेमिटेन्सलगायत विदेशी मुद्राबापत नेपाली रुपैयाँ दिएर बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा लगानी गर्दै आएको छ।

Advertisement

यो नै राष्ट्र बैंकको आम्दानीको सबैभन्दा ठूलो स्रोत बन्दै आएको छ।

यसैगरी, यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ।

असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ थियो। चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग बढेको देखिन्छ।

तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब ५० अर्ब पुगेको छ। असार मसान्तमा यो २९ खर्ब २० अर्ब रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री