बुधबार, १२ कार्तिक २०८२

बालुवाटारमा भित्र बैठक, बाहिर घाइतेहरूको नाराबाजी

समयपोष्ट २०८२ कार्तिक १२ गते १७:३४

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र राजनीतिक दलहरूबीच छलफल चलिरहँदा बाहिर घाइतेहरूको एक समूहले नाराबाजी गरिरहेको छ।

आफूलाई वास्तविक घाइतेहरूको एकीकृत समूह दाबी गर्ने उक्त समूहले छलफलमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै सरकारको जवाफ मागेको हो।

समूहका सदस्य रुपिन खड्काले भने, “भित्र घाइतेको नाममा को लगिएको छ, थाहा छैन। हामी साँचो घाइतेहरू त्यहाँ छैनौँ, हाम्रो प्रतिनिधित्व नै छैन। त्यसैले सरकारको जवाफदेहिता खोज्न साथीहरू त्यहाँ पुगेका हुन्।”

खड्काका अनुसार समूहमा हाल ३०० भन्दा बढी सदस्य जोडिएका छन्, जसमा राजनीतिक रूपमा सक्रिय करिब ३० जना छन्। ५०० सदस्य कटेपछि आधिकारिक रूपमा घाइतेहरूको संगठित समूह गठन गरेर अघि बढ्ने योजना रहेको उनले बताए।

Advertisement

यही समूहले प्रधानमन्त्री सुशीला कार्कीसँग घाइतेहरूको तर्फबाट भन्दै पटकपटक मागहरू राख्दै आएको छ।

“हामीसँग छलफलका लागि नाम नै मागिएन। यत्रो पटक भेटेर माग राखिसकेको हाम्रो समूहलाई पनि सहभागी गराउनुपर्थ्यो। यो स्पष्ट हेपाहा प्रवृत्ति हो,” खड्काले आक्रोश पोखे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री