सुनको मूल्य घट्यो
समयपोष्ट
२०८२ कार्तिक १२ गते ११:३२

सुनको मूल्य घटेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।


























प्रतिक्रिया