बुधबार, १२ कार्तिक २०८२

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्य (निवर्तमान) लाई छात्रवृत्ति रकम हस्तान्तरण

समयपोष्ट २०८२ कार्तिक १२ गते १०:१२

Advertisement

कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गरेको शैक्षिक छात्रवृत्ति रकम निवर्तमान जीवित देवी कुमारी तृष्णा शाक्यलाई एक औपचारिक समारोहमा हस्तान्तरण गरेको छ।

बैंकले बसन्तपुरकी जीवित देवी कुमारीको कार्यकाल सुरु भएको वर्षदेखि नै हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको छ। यो छात्रवृत्तिको मुख्य उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको भविष्यको शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो।

सोही परम्परालाई कायम राख्दै बैंकले कोषमा जम्मा भएको कुल रु. ७,३८,८११.९५ निवर्तमान कुमारीलाई छात्रवृत्ति स्वरूप प्रदान गरेको हो।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Advertisement

बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री