सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
समयपोष्ट
२०८२ कार्तिक १२ गते ९:०२

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार सगरमाथा आधार शिविर नजिकै लोबुचेमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा चालकमात्रै सवार रहेको र उनी सकुशल रहेको कुँवर बताए ।
लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।
अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको जानकारी आएको बताए । क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर जाँदै छ ।




























प्रतिक्रिया