बुधबार, १२ वैशाख २०८१

लोअर इर्खुवा हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

समयपोष्ट २०७८ असोज १८ गते २०:२९

Advertisement

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा लोअर इर्खुवा हाइड्रोपावरका प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

हाइड्रोपावरको जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरूलाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री