शुक्रबार, ७ वैशाख २०८१

सन्राइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा विशेष छुट

समयपोष्ट २०७७ असोज २७ गते १९:३३

Advertisement

सन्राइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मासाथ गर्दै चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

यस योजनामा बैंकका ग्राहकहरुले Sunrise Smart App प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट रु. २०० र हवाई टिकटमा प्रति टिकट रु. ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था छ ।

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागि यो योजना ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री