शुक्रबार, १६ चैत २०८०

राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न

समयपोष्ट २०७८ भदौ २७ गते १५:२९

Advertisement

राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न भएको छ ।

संस्थानले भदौं २६ गते प्रधान कार्यालय रामशाहपथमा साधारण सभा सम्पन्न गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को लेखापरीक्षण गरी पारित गरेको छ ।

विगत १२ वर्षदेखिको लेखापरिक्षण सम्पन्न भएपछि समितिले तोके अनुसारको पूँजी बढाउने पक्षमा संस्थान रहेको छ ।

उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भएसँगै अब अर्को तीन आर्थिक वर्षको पनि लेखापरिक्षण सम्पन्न गर्ने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।

संस्थानले गत आर्थिक वर्ष ०७७/०७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको संस्थानले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री