बर्दिबासमा एभरेष्ट बैंकको १३३औँ शाखा विस्तार, मधेश प्रदेशमा शाखा संख्या १५ पुग्यो
एभरेष्ट बैंक लिमिटेडले मधेश प्रदेशको महोत्तरी जिल्ला, बर्दिबास नगरपालिका वडा नं. १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ। यो शाखा उद्घाटनसँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ। नयाँ शाखाले स्थानीयवासीलाई अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरे। उद्घाटन समारोहमा बर्दिबास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेश प्रमुख पुष्प राज उप्रेती, बैंकका अन्य कर्मचारीहरू र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।
बैंकले बर्दिबासमा शाखा स्थापनाले स्थानीय आर्थिक गतिविधिलाई थप गति प्रदान गरी समग्र आर्थिक विकासमा योगदान पुग्ने अपेक्षा गरेको छ। पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा सञ्चालित एभरेष्ट बैंकले हाल १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकको देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटिएम सञ्जाल रहेको छ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस एम एस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नया दिेल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।।
प्रतिक्रिया