शुक्रबार, २३ जेठ २०८२

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई इला होटल एन्ड रिर्सोटमा १५ % छुट

समयपोष्ट २०८२ जेठ २३ गते १५:४४


आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई इला होटल एन्ड रिर्सोट (ila Hotel & Resort) मा १५ % सहुलियत दिने ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५% सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप-IME LIFE Mobile app_ मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।
इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट (ila Hotel & resort), बाग्लुङ स्थित इला कम्फर्ट (ila comfort) र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट (Saké and Feng restaurant), यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट (The Lakeside Retreat Pokhara) र लाजिम्पाटमा रहेको होटल ले हिमालय (Hotel Le Himalaya) लगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप-IME LIFE Mobile app_ मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री