आइतबार, २२ असार २०८२

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब विजेता लक्ष्मी घिमिरे सम्मानित

समयपोष्ट २०८२ असार २० गते १५:३७

Advertisement

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च “एभरेष्ट क्लब” मा पुग्न सफल सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई सम्मान गरेको छ। घिमिरेले पहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गर्न सफल भएकी हुन्।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा घिमिरेलाई सम्मान गरिएको थियो। यो सम्मान अभिकर्ताहरूलाई प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू, कर्मचारीहरूका साथै घिमिरेका श्रीमान् र परिवारका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यो सम्मान केवल “एभरेष्ट क्लब” को उपलब्धि मात्र नभई जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको कदर भएको बताए। उनले थपे, “कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै आएको छ, र यसले सम्पूर्ण अभिकर्ताहरूलाई अझ ऊर्जावान र प्रेरित बनाउनेछ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री