बिहीबार, १५ चैत २०८०

शिखर इन्स्योरेन्सका सीइओ दिप पाण्डेको कार्यकाल थप्न बीमा समितिले दियो अनुमति

समयपोष्ट २०७७ असोज १२ गते २०:१४

Advertisement

बीमा समितिले शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको कार्यकाल थप्न अनुमति दिएको छ ।

बीमा समितिले ४ वर्षको लागि कार्यकाल थप्न पाण्डेलाई अनुमति दिएको हो । बीमा कम्पनीमा सीइओ नियुक्तिका लागि नियामक निकाय बीमा समितिको अनुमति चाहिन्छ । पाण्डेको सीइओको पदावधी कात्तिक ११ गते सकिदै थियो ।

शिखर इन्स्योरेन्सको संचालक समितिको बैठकले पाण्डेको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको थियो ।

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सलाई अहिलेको उचाईमा पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका पाण्डेको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री