आइतबार, १६ कार्तिक २०८२

एन आई सी एशिया बैंक र र्‍याडिसन होटल बीच विशेष छुट सम्झौता

समयपोष्ट २०८२ भदौ १५ गते १७:५६

Advertisement

एन आई सी एशिया बैंक र काठमाडौंस्थित र्‍याडिसन होटल बीच बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। यो सम्झौताले बैंकका ग्राहकहरूलाई होटलका विभिन्न सेवाहरूमा डिजिटल भुक्तानी गर्दा आकर्षक छुटको सुविधा प्रदान गर्नेछ।

यस सम्झौता अनुसार, एन आई सी एशिया बैंकका ग्राहकहरूले र्‍याडिसन होटलमा खाना, पेय पदार्थ र फिटनेस सेन्टर (जिम) सेवाहरूमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, आवासीय सेवा, स्पा, र ट्रान्सपोर्टेसन सेवाहरूमा १५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ।

यो छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ। यो सहकार्यले ग्राहकहरूलाई आर्थिक लाभ प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी सेवालाई प्रोत्साहन गरी नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने अपेक्षा बैंकले लिएको छ।

एन आई सी एशिया बैंकले यो पहलले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने र नेपालको नगदरहित अर्थतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री