नेपाली कांग्रेस पदाधिकारी बैठक बिनानिष्कर्ष टुंगियो, महाधिवेशन मिति विवाद कायम
congress
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको कार्यतालिका सहमतिमा टुंग्याउन बसेको पार्टी पदाधिकारी बैठक बिनानिष्कर्ष सकिएको छ।
आम निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्ने विषयमा देखिएको मतभेद समाधान गर्न शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा पनि सहमति जुट्न सकेन।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठक ‘समान धारणाका साथ अघि बढ्ने’ निष्कर्षमा टुंगिएको बताए। उनले सहमति नजिक पुगेको अनुभव गर्दै भने, “महाधिवेशन आम निर्वाचनअगाडि गर्दा राम्रो हुन्छ कि पछि भन्नेमा मतान्तर छ। यसमा हामी धेरै हदसम्म नजिक आएका छौँ। एउटा समान निष्कर्षमा पुग्छौँ भन्ने विश्वास छ।”
महतले केन्द्रीय समितिले सहमतिबाटै एकमत दृष्टिकोण बनाएर विषय टुंग्याउने बताए। कांग्रेसभित्र महाधिवेशन मितिबारे गम्भीर विवाद छ।
संस्थापन पक्ष आगामी आम निर्वाचनपछि वैशाखतिर मात्र महाधिवेशन उपयुक्त हुने अडानमा छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्ष निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ।
यही विवादका कारण चालू केन्द्रीय समितिको बैठक पनि आइतबारसम्मका लागि स्थगित गरिएको छ।



























प्रतिक्रिया