सोमबार, २७ असोज २०८२

एन आई सी एशिया बैंक र लन्डन ब्रिज गार्डेन रिसोर्टबीच विशेष छुट सम्झौता

समयपोष्ट २०८२ असोज ७ गते १३:४६

Advertisement

एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले नवलपरासीको बर्दघाटमा अवस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टसँग सम्झौता गरेको छ। यो सम्झौताअनुसार बैंकका ग्राहकहरूले रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले बताएअनुसार, यो सुविधा प्राप्त गर्न ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ। यो सहकार्यले ग्राहकहरूलाई आर्थिक लाभ प्रदान गर्नुका साथै डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने बैंकको विश्वास छ।

लन्डन ब्रिज गार्डेन रिसोर्टले प्रदान गर्ने सेवाहरूमा यो छुटले ग्राहकहरूलाई थप आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ। यस सम्झौताले मुलुकको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन र ग्राहकमैत्री सेवालाई विस्तार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री