सोमबार, २७ असोज २०८२

एन आई सी एशिया बैंक र किरण आँखा अस्पतालबीच विशेष छुट सम्झौता

समयपोष्ट २०८२ असोज २२ गते १६:२६

Advertisement

एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आँखा उपचारमा विशेष सुविधा प्रदान गर्न किरण आँखा अस्पताल, वीरगंजसँग सम्झौता सम्पन्न गरेको छ।

यो सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त अस्पतालमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यो सुविधा OPD, डायग्नोस्टिक्स, सर्जरी, ब्रान्डेड अप्टिकल र नन-ब्रान्डेड अप्टिकल सेवाहरूमा लागू हुनेछ। ग्राहकहरूले यो छुट प्राप्त गर्न एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

यो सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय आँखा उपचारमा सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रवद्र्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने बैंकको विश्वास छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री