आइतबार, १६ कार्तिक २०८२

एकीकृत समाजवादीसँगको एकता स्थगित गर्न लिखित माग गर्दै सचिवालय बैठकबाट बाहिरिए जनार्दन

समयपोष्ट २०८२ कार्तिक १५ गते १७:५४

Advertisement

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्माले पार्टीको सचिवालय बैठकमा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने माग राखेका छन्।

उनले माओवादको सिद्धान्त छाडेर अन्य दलसँग एकता गर्न नहुने धारणा व्यक्त गर्दै लिखित मत राखेपछि बैठकबाट बाहिरिएका हुन्।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी सचिवालय बैठकमा शर्माले एकता प्रक्रिया रोकेर माओवादी केन्द्रको आन्तरिक पुनर्गठनमा जोड दिनुपर्ने बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादवलगायत सहभागी छन्।

Advertisement

प्रचण्डले यसअघि ब्रिफिङ गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सैद्धान्तिक तथा नीतिगत विषय टुंगिएको र संगठनात्मक तथा नेतृत्व तहका मुद्दामा छलफल अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री