मंगलबार, ४ कार्तिक २०८२

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा ७.५ गुणाले वृद्धि, यस्ता छन् अन्य सूचक

समयपोष्ट २०८२ साउन ३० गते ११:१६

Advertisement

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। बैंकले यो अवधिमा वितरणयोग्य मुनाफा ७.५ गुणाले वृद्धि गरी १ अर्ब ४६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ४७ लाख रुपैयाँ मात्र थियो।

मुनाफामा ३०% वृद्धि, इमेरियल चार्जमा सुधार

बैंकले समीक्षा अवधिमा कुल मुनाफा ३० प्रतिशतले वृद्धि गरेको छ। असार मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब १७ करोड रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो। इमेरियल चार्जमा आएको कमीले मुनाफामा यो सुधार सम्भव भएको बैंकले जनाएको छ। प्रतिशेयर आम्दानी (EPS) २१.८२ रुपैयाँ कायम भएको छ, जसले बैंकको वित्तीय स्वास्थ्य बलियो रहेको देखाउँछ।

खराब कर्जामा सुधार, निक्षेप र कर्जा विस्तार

Advertisement

मुक्तिनाथ विकास बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा रचनात्मक सुधार गरेको छ। समीक्षा अवधिमा खराब कर्जा २.७५ प्रतिशतमा कायम राख्न सफल भएको छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा उत्कृष्ट मानिन्छ।

यस अवधिमा बैंकले निक्षेप संकलन ६.९९ प्रतिशतले वृद्धि गरी १ खर्ब १७ अर्ब रुपैयाँ पु¥याएको छ। त्यस्तै, कर्जा विस्तार ६.१० प्रतिशतले बढेर ९७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलन र कर्जा परिचालनमार्फत बैंकले ४ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।

बलियो पूँजी र जगेडा कोष

बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ। यी वित्तीय सूचकहरूले बैंकको दीर्घकालीन स्थायित्व र विश्वसनीयता झल्काउँछन्।

राष्ट्रिय स्तरको वाणिज्य बैंकको पहिचान

आजको मितिमा मुक्तिनाथ विकास बैंकले राष्ट्रिय स्तरको वाणिज्य बैंकसरहको हैसियत बनाउन सफल भएको छ। बलियो वित्तीय प्रदर्शन, कर्जा व्यवस्थापनमा सुधार र निक्षेप तथा कर्जा विस्तारमा निरन्तर प्रगतिका कारण बैंकले बजारमा आफ्नो स्थान बलियो बनाएको छ।

यो उपलब्धिले मुक्तिनाथ विकास बैंकलाई नेपालको वित्तीय क्षेत्रमा एक विश्वसनीय र गतिशील संस्थाको रूपमा स्थापित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री