मंगलबार, ४ कार्तिक २०८२

समय अगावै सुन्तला टिप्न बाध्य किसान

समयपोष्ट २०८२ कार्तिक ४ गते ७:४३

Advertisement

बाँदरको समस्याका कारण भोजपुरका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् ।

पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।

बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पु¥याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ ।

“बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”उहाँले भन्नुभयो,“तर्साउन ढुंगा हान्ने, गरे पनि नियन्त्रणमा आउँदैन ।छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।”

Advertisement

जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तला खेती पहिचान हुँदै आएको छ । तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ ।

समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय कृषक गीता कार्कीले बताउनुभयो । किसानहरूले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री