मंगलबार, ४ कार्तिक २०८२

भारप्रेषण केन्द्रबाट मुलुकको विद्युत् आपूर्तिबारे जानकारी

समयपोष्ट २०८२ कार्तिक ४ गते ७:३८

Advertisement

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ ।

सोमबार साँझ अबेर नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी समग्र देशभरको विद्युत् आपूर्तिका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको ऊर्जामन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकलगायत टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

Advertisement

विसं २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि परीक्षणका रुपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री