नाइमा एक्स्पोमा गाडी खरिद गर्नेलाई एभरेष्ट बैंकको ‘विशेष गाडी कर्जा योजना’

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा एभरेष्ट बैंकले गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षक छुट तथा अफर प्रदान गरिरहेको छ।
बैंकले एक्स्पोमा स्टल राखेर ‘विशेष गाडी कर्जा योजना’ अन्तर्गत ६.५२ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको छ। हाल बैंकको बेसरेट ५.२७ प्रतिशत रहेको छ, जसमा १.२५ प्रतिशत प्रिमियम थपेर यो ब्याजदर कायम गरिएको हो। कर्जा लिने ग्राहकले केवल ०.५० प्रतिशत प्रोसेसिङ शुल्क तिर्नुपर्नेछ।
यो योजनामार्फत व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि कार, भ्यान, जिप, र स्पोट्र्स युटिलिटी भेइकल (एसयूभी) जस्ता निजी सवारी साधन खरिद गर्न कर्जा प्रदान गरिनेछ। ग्राहकको मासिक आम्दानीको ३० गुणासम्म कर्जा उपलब्ध हुने र भुक्तानीका लागि अधिकतम ७ वर्षको समयावधि प्रदान गरिने बैंकले जनाएको छ।
बैंकले निजी प्रयोगका सवारी साधनको खरिद मूल्यको कम्तीमा ४० प्रतिशत र विद्युतीय सवारी साधनको हकमा पनि ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ।
 




























 
	
प्रतिक्रिया