
सिटिजन लाईफ इन्स्योरेन्सबाट कवि फुयाँल बाहिरिएका छन् ।
उक्त कम्पनीमा मार्केटिङ् प्रमुख पदमा कार्यरत फुयाँलले राजिनामा दिएको बुझिएको छ । उनको राजिनामा स्वीकृत हुन केही समय लाग्ने बताईएको छ ।
यससंगै फुयाँल आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा सिईओको रुपमा भित्रिन लागेको बताईएको छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फुयाँललाई सिईओ नियुक्त गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको बताईएको छ ।
आईएमई लाईफबाट सिईओ श्रीचन्द्र भट्ट हाल ज्योति विकास बैंकमा गएपछि कम्पनीको सिईओ पद रिक्त छ ।









प्रतिक्रिया