युनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement

बिहीबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

यसका साथै बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश समेत दिने घोषणा गरिएको छ।

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यो लाभांश शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री