बिहीबार, २७ वैशाख २०८१

मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनलद्धारा कोभिड -१९ को जोखिममा रहेका ४०,००० नेपालीलाई राहत वितरण

समयपोष्ट २०७७ साउन २६ गते १०:५४

Advertisement

कोभिड-१९ बाट प्रभावित समुदायमा रहेका जोखिम समुहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेशनले प्लान नेपालसँग काम गरिरहेको छ ।

प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदे वाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउ विजन तथा मलखाद लगायत परम्परागत कृषि उपकरण प्रदान गरी सहयोग पुर्याउने गर्दछ ।

मेटलाइफ फाउन्डेसनद्धारा ४४,००० अमेरिकी डलर आर्थिक सहयोग गरेको संयुक्त कार्यक्रमले प्लान नेपालले स्थानीय नेपाल सरकारसँग समन्वय गरी आय आर्जन नभएको र सीमित वैकल्पिक आयश्रोत भएका वा त्यस्तो वैकल्पिक आयश्रोत नै नभएका अत्यन्त जोखिममा रहेका परिवारको पहिचान गर्न मद्दत गर्दछ ।

यसका अतिरिक्त प्लान नेपालले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपुर्तिको सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्ने कार्य जारी राख्ने छ । अन्तत, स्थानीय नेपाल सरकारसंग समन्वय गरी छनौट भएका परिवार, महिला मुली रहेका परिवार र आय नभई नेपालमा फर्किएका परिवार लगायत अत्याधिक जोखिममा रहेका परिवारहरुलाई संलग्न गराई महामारीबाट सृजित जोखिमको सामना गर्न साना व्यवसायीहरुका लागि साना व्यवसाय अनुदान प्रदान गरिनेछ ।

Advertisement

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “कोभिड १९ का कारण हुन गएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएका छन् । यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन् । हाम्रो समाजका अत्याधिक जोखिममा रहेका समुहलाई सहयोग गर्ने र यस्तो संकटको घडीमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमा प्लान नेपाललाई मेटलाइफ फाउन्डेसनले सहयोग गरेको देख्न पाउँदा हामीलाई गर्व लागेको छ । ”

प्लान इन्टरनेसनल नेपालका सहायक आपतकालिन प्रबन्धक, भुषण अर्याल भन्छन्,“ आयश्रोत गुमाएका, दैनिक ज्यालादारीमा काम गरि आएका, विदेशमा रोजगारी गुमाई स्वदेशमा फर्किएका र हाल जीविकाका लागि कठिन संघर्ष गरिरहेका बाँके जिल्ला, बैजनाथ गाउँपालिका स्थित कोभिड १९ को महामारीबाट गम्भीर असर परेका गरीब र जोखिमयुक्त परिवारलाई सहयोग गर्न पाउँदा प्लान इन्टरनेशनल नेपाल खुशी छ । हामी, हाम्रो साझेदार संस्था र स्थानीय सरकारसँगको नजिकको समन्वयमा निजहरुलाई कोभिड १९ को नकरात्मक प्रभावबाट बचाउन सहयोग गर्नेछौ र परियोजना क्षेत्रमा ७,००० घरधुरीमा बस्ने ४०,००० मानिसहरू बीचमा कोभिड १९ संक्रमण रोक्नका लागि व्यापकरुपमा चेतना फैलाउन कार्य गर्नेछौं ।”

मेटलाइफ फाउण्डेशनले आर्थिक स्वस्थता सबैको लागि हो भन्ने मान्यता राख्दछ । फाउण्डेशनले आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागि साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछ । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे । मेटलाइफ फाउण्डेशनले स्थापनाकालदेखि सन् २०१८ को अन्त्य सम्ममा ८२२ मिलियन डलर अनुदानमा दिइसकेको छ भने मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ । आजको दिनसम्म हाम्रो वित्तिय स्वस्थताको कार्य ४२ देशका ९.९ मिलियन भन्दा बढी कम आय भएका व्यक्तिसम्म पुगिसकेको छ । मेटलाइफ फाउण्डेशनको बारेमा अझ जानकारी metlife.org बाट लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री