वित्तीय अपराध न्यूनीकरण र सुशासनका लागि नेपाल लाइफको विशेष प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ।

Advertisement

कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको सो कार्यक्रममा वित्तीय अपराध न्यूनीकरणका विविध पक्षमा छलफल भएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुतीकरण दिए। उनले कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया (KYC) र शंकास्पद कारोबार पहिचानका विषयमा विस्तृत जानकारी गराए।

Advertisement

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा नियामक अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे। प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा उनले व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिँदै नियामकीय आवश्यकताहरूलाई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू भइरहेको बताए। कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री