क्वान्टम प्रविधिमा नयाँ फड्कोस् प्रकाश स्रोत नियन्त्रणको विधि विकास

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका विकास गरेका छन्। यो विकास वास्तविक–विश्व प्रणालीमा क्वान्टम प्रविधिलाई भरपर्दो रूपमा प्रयोग गर्न आवश्यक प्रमुख तत्वहरूमध्ये एक हो।

Advertisement

अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस)ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतका लागि नयाँ नियन्त्रण संयन्त्र प्रदान गरेको छ। यसले तिनीलाई क्वान्टम कम्प्युटिङ, सुरक्षित सञ्चार तथा अति–संवेदनशील सेन्सिङजस्ता व्यावहारिक क्वान्टम प्रविधिमा प्रयोग हुने दिशामा एक कदम नजिक पुर्‍याएको छ।

साइन्स एडभान्सेसमा प्रकाशित निष्कर्षअनुसार प्रयोगका क्रममा अनुसन्धानकर्ताले उत्सर्जित प्रकाशको रङ र तरंग लम्बाइलाई उल्लेखनीय मात्रामा परिवर्तन गरे। उनीहरूले तहयुक्त सामग्रीलाई बारम्बार उठाउन, घुमाउन र पुनः तह मिलाउन पनि सफलता प्राप्त गरे।

Advertisement

यो सफलता निश्चित ट्विस्ट कोण प्रयोग गरिएका अघिल्ला प्रयोगभन्दा फरक उपलब्धि हो। यूटीएसको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोलीले हेक्सागोनल बोरोन नाइट्राइडको संरचनाले अनुसन्धानकर्तालाई यसको पातलो, तहयुक्त र घुमाउन मिल्ने संरचनाको उपयोग गर्न अनुमति दिएको जनाएको छ।

यसले हिरा वा सिलिकन कार्बाइडजस्ता परम्परागत ठोस–अवस्था सामग्रीसरह व्यवहार गराउने प्रयास गर्नुको सट्टा यसको प्राकृतिक विशेषताको उपयोग गर्न सम्भव बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री