बुधबार, ७ साउन २०८२

राष्ट्रिय वाणिज्य बैंकको ५ प्रदेशका १२ जिल्लामा १४ नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ भदौ १२ गते १०:४८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

अर्थमन्त्री डा.युबराज खतिवडाले १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गरे । यससँगै बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ ।

उद्घाटन भएका नयां शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउंपालिका ४ स्थित शाखा कार्यालय चकचकी, मोरङ्ग जिल्लाको धनपालथान गाउंपालिका ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.३२ स्थित शाखा कार्यालय कोटेश्वर, कठमाडौं जिल्लाको टोखा न.पा. ७ स्थित शाखा कार्यालय टोखा रहेका छन् ।

त्यस्तै, तनहुं जिल्लाको शुक्लगण्डकी न.पा.वडा नं. ६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउंपालिका ४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली न.पा. वडा नं. १६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज न.पा.वडा नं. ८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित शाखा कार्यालय घोराही छन् ।

त्यस्तै अन्य शाखामा पर्सा जिल्लाको पोखरीया न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका ६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा न.पा वडा नं. ६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउंपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री