बुधबार, १२ वैशाख २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेस्ट कन्जुमर डिजिटल अवार्ड २०१७’ बाट सम्मानित

समयपोष्ट २०७४ साउन ९ गते ३:५२

स्ट्यान्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेस्ट कन्जुमर डिजिटल अवार्ड २०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्युयोर्कमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेस्ट कन्जुमर डिजिटल बैकस् प्रातियोगितको पहिलो चरणको विजेताको घोषणा ग्लोवल फाइनान्सले गरेको थियो ।

Advertisement

प्रतियोगितामा स्टुयान्डर्ड चार्टर्डलगायतका अरु बैंकहरु छानिएका छन् । ग्राहकलाई डिजिटल अफरिङहरु प्रयोग गराउनमा सफल भएका बैंकहरु उक्त प्रतियोगितमा छानिएका छन् ।

साथै विजेता बैंकहरु डिजिटल ग्राहकहरुको बृद्धि, प्रोडक्ट अफरिङको दायरा डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेबरमोबाइल साइट डिजाइन र कार्य क्षमतको आधारमा छानिएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ । यस बैंकले लगातार तीनपटक उक्त अवार्ड हासिल गरेको हो । यसै महिना यसबैंकले इरोनोमीद्वारा प्रस्तुत गरिएको सम्माननीय नेपालस् बेस्ट बैंक २०१७ को अवार्ड पनि हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री