शुक्रबार, १६ चैत २०८०

रिलायन्स लाइफले आईपिओ जारी गर्न पायो अनुमति

समयपोष्ट २०७७ साउन १६ गते १३:१५

Advertisement

नेपाल धितोपत्र बोर्डले रिलायन्स लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत आइपीओ जारी गर्न साउन १६ गते अनुमति दिएको हो।

एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित खदरमा ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री