बुधबार, १२ वैशाख २०८१

कृषि विकास बैंकलाई नेको इन्स्योरेन्सले बुझायो एक करोडको बीमालेख

समयपोष्ट २०७७ साउन १ गते १४:३०

Advertisement

निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोड हस्तान्तरण गरेको छ ।

कृषि विकास बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोडको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषि विकास बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र बजार तथा शाखा ब्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

सो चेक हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा कम्पनीका संचालक धु्रबचन्द्र गौतम र प्रमुख ब्यवसाय अधिकृत विशाल कुमार थापाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री