
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को निर्णायक खेलमा इजिप्टले सुरुवाती अग्रता बनाएको छ। अमेरिकाको सियाटल रंगशालामा शनिबार जारी खेलमा इजिप्टले इरानविरुद्ध सुरुमै अग्रता लिएको हो।
खेलको चौथो मिनेटमा इजिप्टका महमुद साबेरले गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाए। सुरुमै गोल ब्यहोरेपछि नकआउट चरणमा पुग्ने लक्ष्य राखेको इरान दबाबमा परेको देखियो।
इरानले खेलको १० औं मिनेटमा बराबरी गर्ने सुवर्ण अवसर पाए पनि मेहदी तारेमी पेनाल्टीमा चुके। त्यसको केही मिनेटमै अर्थात् खेलको १३ औं मिनेटमा रामिन रेजाईयानले गोल गर्दै इरानलाई खेलमा फर्काए।









प्रतिक्रिया