रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनमा खस्यो २ हजार ९५९ मत

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । गएराति १२ः०० बजे सुरु भएको मतदान आज दिउँसो १२ः३० बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

महाधिवेशनमा कुल ४ हजार १ सय प्रतिनिधि रहेकामा करिब २ हजार ९ सय ५० मत खसेको अनुमान गरिएको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले निर्वाचनको अन्तिम परिणाम दुई घण्टाभित्रै सार्वजनिक हुने आयोगले उल्लेख गरेको छ ।

पहिलो चरणअन्तर्गत ९९ जना केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने रास्वपा चितवनका सभापति मिनीमाधव खनालले बताए ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार पहिलो चरणबाट निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यहरूले दोस्रो चरणको निर्वाचनमार्फत पार्टीका नयाँ पदाधिकारीहरू छान्नेछन् । रास्वपाको यो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ गतेदेखि चितवनमा सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री