गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई जरिवाना

भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

Advertisement

गृहमन्त्री सुधन गुरुङले मंगलबार बिहान ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएपछि उक्त होटलमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

गृहमन्त्रीको अम्लेटमा काँडा भेटिएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलमा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी समेत ताजा नभएको फेला परेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले एक विज्ञप्ति जारी गर्दै कारबाहीको पुष्टि गरे। उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएको पाइएकाले होटललाई जरिवाना गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री