एमाले उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार उनलाई विशेष अदालतमा उपस्थित गराएर म्याद थपको अनुमति मागेको हो।

Advertisement

न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले अनुसन्धानका लागि सात दिनको समय दिएको छ। विभागले भने पौडेललाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको शङ्कास्पद कारोबार देखिएको विभागले जनाएको छ। सोही कसुरमा अनुसन्धान गर्न विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो।

पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो। उनलाई सड्क मार्ग हुँदै मंगलबार बिहान काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री