
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा यहाँ रहेका गृहमन्त्री सुधन गुरुङको खानामा अखाद्य वस्तु भेटिएको छ ।
भरतपुरस्थित एयरपोर्ट अगाडि रहेको लर्ड होटलमा आइतबार बिहान ब्रेकफास्ट गर्ने क्रममा उनको अम्लेटमा दुईवटा माछाको काँडा फेला परेको हो ।
अम्लेट जस्तो परिकारमा माछाको काँडा भेटिएपछि सुरक्षा संवेदनशीलता र खाद्य गुणस्तरलाई ध्यानमा राखेर प्रहरीले होटलका दुईजना कुकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार भान्छामा खानेकुरा बनाउने दुईजना कामदारलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । उच्च पदस्थ अधिकारीको खानामा लापरबाही देखिएकाले घटनाको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अम्लेटमा काँडा भेटिएलगत्तै प्रमुख जिल्ला अधिकारीसहित खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय र प्रहरीको संयुक्त टोलीले लर्ड होटलको किचनमा आकस्मिक अनुगमन समेत गरेको छ ।









प्रतिक्रिया