विश्वकपमा अल्जेरियाको कमब्याक

अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्दै विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई पराजित गरेको छ। सान फ्रान्सिस्कोमा भएको खेलमा जोर्डनलाई हराउँदै अल्जेरियाले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना जीवितै राखेको छ।

Advertisement

अल्जेरियाले बल नियन्त्रणमा दबाब बनाए पनि जोर्डनले पहिलो हाफमा बलियो रक्षापङ्क्ति प्रदर्शन गर्दै अग्रता लिएको थियो। खेलको ३६ औँ मिनेटमा निजार अल रशदानले गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा आक्रामक बनेको अल्जेरियाका लागि खेलको ६९ औँ मिनेटमा रियाद महरेजको कर्नर पासमा नाधिर बेनबोआलीले हेडमार्फत बराबरी गोल फर्काए। त्यसपछि खेलको ८२ औँ मिनेटमा अमिन गोइरीले निर्णायक गोल गर्दै अल्जेरियाको जित पक्का गरे।

यस जितसँगै अल्जेरियाले जोर्डनको विश्वकपमा पहिलो अंक जोड्ने सपना चकनाचुर पारिदिएको छ। सन् २०१४ पछि पहिलो पटक विश्वकपको सुरुवाती ११ मा परेका महरेजले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका थिए।

जितसँगै तेस्रो स्थानमा रहेको अल्जेरियाले अब आगामी आइतबार कन्सास सिटीमा दोस्रो स्थानको अस्ट्रियाको सामना गर्नेछ। समूह ‘जे’ मा लगातार पराजय व्यहोरेको जोर्डनले भने सोही दिन डलासमा समूह विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री