रास्वपाका महाधिवेशन प्रतिनिधि, कुन प्रदेशबाट कति ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि विवरण टुङ्गो लाग्न नसक्दा सोमबार प्रभावित भएको बन्द सत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुँदैछ। प्रतिनिधि विवाद सुल्झाउँदै रास्वपाले नयाँ कार्यतालिका सार्वजनिक गरेर बन्द सत्र अघि बढाउन लागेको हो।

Advertisement

सुरुमा करिब २ हजार ८ सय प्रतिनिधि रहने भनिए पनि यो सङ्ख्या बढेर ४ हजार २ सय पुगेको नेता गणेश पराजुलीले बताए। तर रास्वपाले बाहिर ल्याएको आधिकारिक सूचीमा भने पराजुलीले दाबी गरे जति सङ्ख्या पुगेको देखिँदैन।

रास्वपाले सार्वजनिक गरेको प्रदेशगत विवरण अनुसार कोशी प्रदेशबाट ५ सय ५१ र मधेश प्रदेशबाट ५ सय ४० जना प्रतिनिधि चुनिएका छन्। बागमतीबाट ५ सय ८, लुम्बिनीबाट ५ सय २२, सुदूरपश्चिमबाट ४ सय, गण्डकीबाट ३ सय ५६ र कर्णाली प्रदेशबाट ३ सय १३ प्रतिनिधि महाधिवेशनका लागि छानिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री