सानिगाड हाइड्रोको आईपीओ बाँडफाँट, ४ लाख ६७ हजारभन्दा बढीलाई १० कित्ता शेयर

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबार बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले रीतपूर्वक आवेदन दिएकाहरूलाई गोलाप्रथामार्फत शेयर बाँडफाँट गरेको हो ।

Advertisement

कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २७ लाख ५९ हजार ४९० जनाको आवेदन परेकोमा २७ लाख २७ हजार ५१५ जनाको आवेदन मात्र योग्य ठहरिएको क्यापिटलले जनाएको छ ।

निष्काशित शेयरको तुलनामा अत्यधिक आवेदन परेपछि माग र आपूर्तिको सन्तुलन मिलाउन गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो । बाँडफाँड अनुसार ४ लाख ६७ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक शेयर पाउनबाट वञ्चित भएका छन् ।

कम्पनीले बझाङमा ३४.४६ मेगावाट क्षमताको अपर कालंगा गाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यस आयोजनाबाट २०७९ फागुनदेखि नै व्यावसायिक रूपमा विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री