
जारी विश्वकप फुटबल प्रतियोगितामा स्विडेनले विजयी सुरुआत गरेको छ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न समूह ‘एफ’ को खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो।
स्विडेनका लागि यासिन अयारीले दुई गोल योगदान गरे भने अलेक्जेन्डर इसक, भिक्टर ग्योकेरेस र मातिआस सभानबर्गले समान एक एक गोल थपे। ट्युनिसियाका तर्फबाट ओमार रेकिकले मात्र एक सान्त्वना गोल फर्काउन सके।
यो जितसँगै ३ अंक जोडेको स्विडेन समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ। यसै समूहका जापान र नेदरल्यान्ड्सले भने बराबरी खेल्दै एक एक अंक बाँडेका छन्।
विश्वकपअन्तर्गत स्विडेनले आगामी जुन २० मा नेदरल्यान्ड्स र जुन २६ मा जापानसँग प्रतिस्पर्धा गर्नेछ। ट्युनिसियाले जुन २१ मा जापान र जुन २६ मा नेदरल्यान्ड्सको सामना गर्ने तालिका छ।










प्रतिक्रिया