प्रधानमन्त्रीको लिखित प्रस्ताव परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको आग्रह रास्वपाद्वारा अस्वीकार

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको लिखित प्रस्ताव परराष्ट्रमन्त्री शिशिर खनालले पढे हुन्छ भन्ने विपक्षी दलको प्रस्ताव अस्वीकार गरेको छ। रास्वपा सभापति रवि लामिछानेले बोलाएको विपक्षी दलहरूको बैठकमा नेताहरूले यस्तो प्रस्ताव राखेका थिए।

Advertisement

प्रधानमन्त्री आउन नसक्ने कारण खुलाएर उनको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले पढे पनि हुने विपक्षीको भनाइ थियो। सिंहदरबारमा बसिरहेको बैठकमा रास्वपा सभापति लामिछानेले भने परराष्ट्रमन्त्रीले आफ्नो तरिकाले बोल्ने भन्दै सो प्रस्ताव अस्वीकार गरे।

बैठकमा लामिछानेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही लचक हुन खोजेको देखिएको छ। तर नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू भने आफ्नो बटम लाइनबाट पछि नहट्ने अडानमा छन्।

Advertisement

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक वासना थापा सहभागी छन्। एमालेबाट उपाध्यक्ष रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर उपस्थित छन्।

त्यसैगरी बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, प्रवेश हमाल र युवराज दुलाल सहभागी भएका छन्। राप्रपाका तर्फबाट भने दलका नेता ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरू छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री