
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची तय भएको छ।
बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेसमेत सम्भावित कार्यसूची छ।
चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी पनि गरिएको छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने अन्य सम्भावित कार्यसूची छन्।
प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार अवरोध गरिरहेका छन्।
प्रतिपक्षीको अवरोध जारी रहेकाले बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने भन्ने निश्चित छैन।









प्रतिक्रिया