
देशका विभिन्न भूभागमा बुधबार आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिमको तराईका एकदुई स्थानमा पनि पानी पर्नेछ।
लुम्बिनी र सुदूरपश्चिममा तातो दिनको अनुमान
वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ। ती क्षेत्रमा गर्मी बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।
बुधबार राति देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। रातिको समयमा पनि देशका अधिकांश भूभागमा मौसममा फेरबदल भइरहनेछ।
राति पनि मेघगर्जनसहित पानी पर्ने
राति मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
त्यस्तै कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भूभाग, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र तराईका एकदुई स्थानमा पनि वर्षा हुने महाशाखाले जनाएको छ।








प्रतिक्रिया