एन आई सी एशिया र इफिक्स नेपालबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमा अनर स्मार्टफोन

एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डको आधिकारिक विक्रेता इफिक्स नेपाल (EFIX Nepal) प्रा. लि. बीच ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

ग्राहकहरूको डिजिटल बैंकिङ्ग आवश्यकताहरूलाई सम्बोधन गर्दै डिजिटल अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो।

Advertisement

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे। सम्झौताअनुसार एन आई सी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर (0% EMI) मा अनर ब्राण्डका स्मार्टफोनहरू खरिद गर्न सक्नेछन्।

ग्राहकले इफिक्स नेपालको वेबसाइट (efix.com.np) बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न पाउनेछन्। कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी यो सुविधा उपलब्ध गराइएको हो। मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल (instabuy.nicasiabank.com) बाट सहजै अनलाइन आवेदन दिन सकिनेछ।

विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमा बैंकको अनलाइन भुक्तानी गेटवे ‘साइबरसोर्स’ (Cybersource) प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका परिवारलाई स्मार्टफोन उपहार पठाउन सक्नेछन्। यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

Advertisement

डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ्ग अनुभव प्रदान गर्न बैंक सदैव क्रियाशील रहेको परिप्रेक्ष्यमा यो सहकार्य गरिएको हो। इफिक्स नेपालसँगको यस सहकार्यले ग्राहकहरूको व्ययभार कम गर्न ठूलो मद्दत मिल्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री