लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

Advertisement

काठमाडौं महानगरपालिका वडा नं २२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री