
कुमारी बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल प्रा.लि. बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले अस्पतालबाट प्राप्त हुने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्। अस्पतालले प्रदान गर्ने इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा र औषधिहरूमा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट दिइनेछ।
संस्थागत जिम्मेवारी र स्वास्थ्य सुरक्षा
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिएको छ।
बैंकले ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्वदेश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग यस्ता सम्झौता गर्दै आएको छ।
यस्ता सहकार्यले सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।
बैंकिङ नेटवर्कको विस्तार
कुमारी बैंकले हाल देशभर रहेका २ सय ८६ शाखा संजाल, ३ सय ४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ एकाइहरू मार्फत सेवा प्रदान गर्दै आएको छ।
बदलिँदो समयसँगै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई बैंकले आत्मसात् गरेको छ।
आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट बैंकले व्यक्त गरेको छ।








प्रतिक्रिया