शनिबार, ८ वैशाख २०८१

बागबजारको पानीमा हैजाको जिवाणु फेला

समयपोष्ट २०७९ असार ८ गते २१:४१

Advertisement

काठमाडौंको बागबजारका धारा र ट्युवबेलको पानीमा हैजाको जिवाणु भेटिएको छ ।

पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

केही दिनअघि बागबजारका दुई दिदीबहिनीमा हैजा संक्रमण भएको पुष्टि भएको थियो ।

उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको हो ।

इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री