बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडले प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।

Advertisement

हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३%को उच्चतम ब्याजदर पाउनेछन् । साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।

ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक,Balance Certificate, Demat Account, E-commerce Activation, ABBS, खाताको विवरण, मेरो सेयर Connect IPS, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।Civil Bank

साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउनुहुने विश्वाश बैंकले लिएको छ ।

Advertisement

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री