शुक्रबार, ७ वैशाख २०८१

ड्राइभिङ लाइसेन्स परीक्षाकाे प्रश्न/उत्तर सार्वजनिक (५०० प्रश्न/उत्तरसहित)

समयपोष्ट २०७८ असार १० गते १५:३२


सवारी अनुमति पत्र (लाइसेन्स) का लागि आवश्यक पर्ने ५०० ओटा प्रश्न उत्तर संग्रह सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि प्रश्न उत्तर संग्रह सार्वजनिक  गरेको हो ।

Advertisement

यातायात विभागका अनुसार यीनै प्रश्न उत्तर संग्रहबाट सवारीचालक अनुमतिपत्र(लाईसेन्स)को लिखित परीक्षामा प्रश्न सोधिने छ । विभागले एक सूचना जारी गर्दै अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो ।

सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का अनुसार  उक्त प्रश्नहरु सार्वजनिक गरिएको विभागले जनाएको छ ।

यसअघि गत चैत १९ गते मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप तथा डेलिभरी भ्यानको लाईसेन्स परीक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्वीकृत भईसकेको छ । त्यसैगरी विभागले लिने लिखित परिक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्ने सूचनामा उल्लेख छ ।

A, K  (मोटरसाईकल, स्कुटर, मोपेड) को  लागि  यहाँ क्लिक  गर्नुहोस ।

B (कार, जिप तथा डेलिभरी भ्यान) को  लागि  यहाँ क्लिक  गर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री